१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा सांसद पदको जागिरका लागि निवेदन बाँड्दै ढकाल



अ+ अ-

काठमाडौँ । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दर्ता गरेका सागर ढकालले सांसद पदको जागिरका लागि मतदाता समक्ष निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा निवेदन दिएको र सोही निवेदन मतदातालाई बाँढ्दै हिँडेको ढकालले बताए । उनले भने, “जागिरका लागि त बायोडाटा दिनुपर्छ भने मुलुक चलाउने कुरामा उम्मेदवारको योग्यता र क्षमताको विवरण मतदाताहरुले थाहा पाउनु पर्छ ।”

ढकालले भने, “सकेको कम खर्च गर्छौं र जित्छौँ पनि ।” मतदातालाई निवेदन बाँढ्दै ढकालले एउटा फोटोकपीको चार रुपियाँ परेको हुँदा पढेपछि नफाल्न र अरुलाई दिन आग्रह गरे ।