९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

अन्तर्राष्ट्रिय विमानस्थलबाट कति एयरलाइन्सले उडान गर्छन् ?

अन्तर्राष्ट्रिय विमानस्थलबाट कति एयरलाइन्सले उडान गर्छन् ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौँ विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरिरहेको टिआइएले जनाएको छ ।

कोभिड–१९ महामारीपूर्व काठमाडौँ विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्थे । आन्तरिकतर्फ पनि ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले सेवा दिइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘स्लट’ व्यवस्थापन प्रभावकारी बनाइ उडान सुरक्षा र सेवा गुणस्तरमा ध्यान दिइएको छ ।

“विमानस्थलमा स्लट व्यवस्थापन प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको छ । अहिले जहाज ‘होल्ड’ र ‘डिले’ हुने अवस्था छैन । ‘सेफ्टी इनह्यान्स’ गरेका छौँ । अहिले पर्यटकीय सिजनमा पनि विगतमा जस्तो दुई देखि तीन घण्टा जहाज होल्ड र उडान डिले हुँदैन, मौसमले साथ दिएसम्म त्यस्तो कुनै समस्या छैन”, महाप्रबन्धक ठाकुरले भन्नुभयो ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी लगानीको हिमालय एयरलाइन्स र बुद्ध एयर (भारतको बनारसमा) ले अन्तराष्ट्रियतर्फ उडान गरिरहेका छन् । भारतको एयर इन्डिया, इन्डिगो र विस्ताराले काठमाडौँ विमानस्थलमा उडान भर्दै आएका छन् । चीनको एयर चाइनाले मात्रै साताको एक उडान गरिरहेको छ । कोभिडपूर्व चीनका चार एयरलाइन्सले काठमाडौँमा उडान गर्थै । कोभिडपूर्व चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरेका थिए ।

नेपाल एयरलाइन्सले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान गर्छ । विमानस्थलको विवरणमा अहिले अन्तराष्ट्रियतर्फ दैनिक दुईतर्फी ७५ देखि ८५ उडान भइरहेको छ । चाडपर्व र पर्यटकीय सिजन चलिरहेकाले अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ अहिले दुईतर्फी तीन सय १० उडान चलिरहेको छ ।

तत्कालका लागि थप अन्तर्राष्ट्रिय एयरलाइन्स सम्पर्कमा नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हङ्गेरीको बिज एयरले आगामी अक्टोबर ३० देखि यूएईको अवुधावी उडान गर्ने अनुमति पाएको छ । नोभेम्बर १५ तारिखबाट वीन्टर सेडूल आउने र त्यसमा गौतमबुद्ध विमानस्थललाई केन्द्रित गरिएको प्रवक्ता निरौलाले जानकारी दिनुभयो । हिमालय एयरलाइन्स, एयर अरेबिया र फ्लाई दुबईले उडान भर्ने चासो देखाएका छन् ।

गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतको जजिरा एयरले दैनिक एक उडान गरिरहेको छ ।

महामारीपछि पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ । पर्यटकीय सिजन पनि सुरु भएको छ । दसैँ सकिएर तिहार र छठपर्वको सङ्घारमा रहेकाले अहिले अन्तर्राष्ट्रिय आन्तरिक उडान चाप बढेको छ । हवाईयात्रुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक यात्रुले एयरलाइन्सको ‘विजनेश’ बढाएको छ । चाडपर्वसँगै भ्रमणमा निस्कने यात्रुको सङ्ख्या बाक्लिएको छ ।

यी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

प्राधिकरणका अनुसार टिआइएबाट अहिले २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरिरहेका छन् । नेपालको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् ।

त्यस्तै एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् । जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेड, ड्रुक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् ।

विमानस्थलमा पछिल्लो पटक थाई स्माइल एयर, भिस्तारा र श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् । गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ । नेपालले हाल ४० मुलुक र युरोपेली सङ्घ गरी ४१ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । छिट्टै अमेरिका, स्वीट्जरल्याण्ड, इण्डोनेशिया, रुवाण्डालगायत मुलुकसँग हवाई सम्झौता हुने जनाइएको छ ।रासस