९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

वर्षाले धानबाली नष्ट गरेपछि बागलुङका किसान मर्कामा

वर्षाले धानबाली नष्ट गरेपछि बागलुङका किसान मर्कामा
अ अ+ अ-

ढोरपाटन । बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत क्षति पुर्याएको हो ।

गाउँपालिका–२ काखगेन्द्रबहादुर सुनारले भन्नुभयो,“लगातारको वर्षाले पसाउन थालेको धानबाली सबै सोत्तर परेर ढलेको छ, अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ, खेतभरी धानढलेको देख्दा मन भतभति पोल्छ, सिमी, बोडी र भट्टमास त्यसै कुहिएको छ ।”

धानको बीउसमेत नरहने गरी पानीले सोत्तर बनाइदिएको उहाँको भनाइ छ । सुनारले आफूले करिब १७ मुरी फल्ने खेतमा धान लगाएको भन्दै पानीका कारण १४ मुरी धान नष्ट भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसपाली धान निकै सप्रिएको थियो, अघिल्लो वर्षमा १७ मुरी धान भित्राउने गर्थे, यसपाली बढेर २० मुरी हुने अनुमान थियो ।”

अर्का स्थानीयवासी मीनबहादुर खत्रीले यसपाली बेमौसमी वर्षाले निकै ठूलो समस्यामा पारेको बताउनुभयो । उहाँले वर्षाका कारण १० मुरी धान नोक्सान भएको बताउनुहुन्छ । “ बर्खाभरी दुःख गरेर धान लगाइयो, फल्ने बेला सबै ढल्यो” उहाँले भन्नुभयो “गाउँका धेरै किसानको धान ढलेको छ, यो वर्षा भोकमरी लाग्न सक्छ ।”

गाउँपालिकाको सबैभन्दा बढी धान फल्ने क्षेत्र वडा नं १ को बायखोला, २ को काल्नेचौर, वडा नं ३ को बोहरा गाउँ, फाँट र वडा नं ४ को रुपौटेफाँट, स्वाराँफाँट हुन् । यी फाँटका अधिकांश खेतमा धान ढलेका छन् । २० वर्षपछि यस क्षेत्रमा अहिले यति धेरै धानबालीमा क्षति पुगेको स्थानीयवासी कृष्णघर्ती मगरले बताउनुभयो । उहाँले आफ्नो करिब ६० प्रतिशत धानबाली नष्ट भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“हरेक वर्ष धान उत्पादन राम्रो हुँदै गएको थियो, यसवर्ष पनि धान निकै राम्रो भएको थियो, के गर्नु पसाउने बेला वर्षाले सबै नोक्सान गरिदियो, धान ढलेपछि हाम्रो जीउमा घामनै लागेको छैन ।”

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले प्रारम्भिक प्रतिवेदन अनुसार बागलुङमा यसवर्ष पाँचप्रतिशत धानबाली नोक्सानी भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अझै वर्षा भयो बने ६० प्रतिशत धान नोक्सान हुनसक्ने उहाँको भनाइ छ ।

नोक्सानी व्यहोरेका किसानले विवरण कृषिज्ञान केन्द्रमा पठाएपछि राहतको लागि आफूहरुले मन्त्रालयमा सिफारिस गर्ने बताउनुभयो । किसानले क्षतिको विवरण पठाउँदा अघिल्लो वर्ष राहत पाउन नसकेको उहाँले बताउनुभयो । “यसवर्ष लामो वर्षा भयो, वर्षाका कारण धानबालीमा असर पुगेको छ, अहिलेसम्म हाम्रो प्रारम्भिक रिपोर्टका आधारमा हेर्दा पाँच प्रतिशत धानबाली नोक्सानी भएको अनुमान गरेका छौँ”, प्रमुख भट्टराईले भन्नुभयो “गतवर्ष जिल्लाभरी रु एक करोड सत्र लाख बराबरको क्षति भएको थयो, राहतका लागि मन्त्रालयमा क्षति विवरण पठायौँ तर किसानले अहिलेसम्म राहत पाउनु भएन ।”