१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका मन्त्रीहरुसँग राजीनामा माग, नदिए आजै बर्खास्त हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसदीय निर्वाचनमा सत्ता गठबन्धन त्यागेर नेकपा (एमाले) सँग सहकार्य गरेको जनता समाजवादी पार्टी (जसपा) बाट संघीय सरकारमा मन्त्री भएकाहरुलाई राजीनामा नदिए आजै बर्खास्त गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको र यदि उनीहरुले राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बर्खास्त गर्ने हुनुभएको छ ।

जसपाबाट संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह रहनुभएको छ ।

सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउन गठबन्धनकै दलहरुबाट दबाब छ । यद्यपि जसपाका सहअध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठले एमालेसँग आंशिक चुनावी तालमेल भएको भन्दै आफूहरु पाँच दलीय सत्ता गठबन्धनमै रहेको बताएका छन् ।