• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

गैर नागरिकता सम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता(भिडीयोसहित)



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ ।

मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उहाँले यस्तो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउन आवश्यक रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको औंल्याउनु भयो ।

उहाँले गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताउनु भयो । उहाँले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काषनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गैर आवासीय नेपाली संघको सहजरुपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ । संसारभर छरिएर रहनुभएका अनेक नेपालीहरु, नेपालका गैर आवासीय दुतहरु हुन् । तपाईहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने हुन्छ । गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र सकेसम्म यहाँबाट स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउन आवश्यक छ ।’

‘यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमा समेत टेवा पुग्छ । गैर आवासीय नेपालीहरुले आफैँले विदेशमा आर्जन गरेको आयातलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक छ । गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको छ । धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको छ ।’

‘वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काषनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर आवासीय नेपालीलाई विभिन्न माध्यममा लगानी गर्न उत्प्रेरित गर्नेछ । गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि लिएर सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा काम सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।’

प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैर नागरिकता स्म्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो,
‘तपाईहरुले धेरै उठाउँदै आएको कुरा नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ । आफूसँग भएको सीप, पुँजीहरु नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’ प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गनुएभयो ।