९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

विस्थापित बाढीपीडित भन्दछन् –‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

विस्थापित बाढीपीडित भन्दछन् –‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’
अ अ+ अ-

खजुरा । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित हुनुहुन्छ । उहाँ बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहनुभएको छ ।

उहाँलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेङ्गु सङ्क्रमणको अर्को चिन्ताले पिरोलेको छ । “चिसो भुइँमा एउटा ओछ्याउन लगाउनुहुन्छ, अनि सुत्नुहुन्छ त्यसपछि लामखुट्टेले उहाँलाई सुत्नै दिँदैन”, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ”, उहाँ भन्नुहुन्छ, “ लामखुट्टेले सुत्न दिँदैन ।”

अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ । यतिबेला उहाँ पनि एडिजÞ एजिप्टाइ र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणको जोखिममा हुनुहुन्छ । उहाँले भन्नुभयो, “घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु ।” उहाँहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेङ्गुको जोखिममा पर्नुभएको छ ।

नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन । यतिबेला उहाँको घर डुबिसकेको छ, “घरबाट केही सामान ल्याउन पाइएन”, उहाँले भन्नुभो, “यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी भएको जनाउँदै भन्नुभयो, “साँझलाई चामल, तरकारी छैन, बाढीपीडित अहिले समस्यामा परेका छन् ।”

यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताउनुभयो । “झुलको व्यवस्था हुनुपर्छ”, उहाँले भन्नुभयो, “नत्र हामी सबै डेङ्गु सङ्क्रमणको सिकार हुन्छौँ ।” लगातार भइरहेको वर्षाका कारण विद्युत्समेत अनियमित हुँदा थप समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्”, उहाँले भन्नुभयो, “बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन् ।” बाढीपीडितहरू डेङ्गु सङ्क्रमणको जोखिममा परेको भन्दै उहाँले तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ । वडा तथा पालिका सरकारले तत्काल डेङ्गु सङ्क्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ । अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भइ आश्रित रहेका छन् ।

ज्येष्ठ नागरिक र गर्भवतीलाई समस्या

चिसोका कारण बाढीपीडित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका छन् । घरमा बाढी पसेपछि विद्यालयमा आश्रित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका हुन् । चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई ज्वरोले सताउन थालेको छ । चिसोले ज्वरो आई बिरामी भएको कमानसिंह ठकुरीले बताउनुभयो ।

उहाँले भन्नभुयो, “चिसो भुइँमा सुत्नुपर्छ, बूढो पनि भइयो, शरीरले चिसो पचाउन सक्दैन त्यसैले पनि होला, ज्वरो आएर थलिएको छु ।” न्यानो बसाइँ नहुनु र खानपिनको समस्याका कारण आफू बिरामी भएको धनबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर पानी रोकिएको छैन, स्वास्थ्योपचार गर्न कहाँ जानु ।”

साथै यहाँ रहेका सुत्केरी र गर्भवतलाई समेत समस्या हुँदै आएको छ । यतिबेला चिसोबाट बच्नुपर्ने र पौष्टिक र झोलिलो खानेकुरा खानुपर्ने समयमा उनीहरू त्यसबाट बञ्चित भएका छन् । यसैबीच विस्थापित बाढीपीडितलाई स्वास्थ्यलगायतका समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले समस्याका बारेमा जानकारी लिने भएको छ । त्यहाँको समस्याबारे अध्ययन गरी स्वास्थ्योपचार गर्ने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अश्रयस्थलमा बसेका बाढीपीडितलाई डेङ्गुको जोखिम बढेको छ भने अन्य स्वास्थ्य समस्या भएको जानकारी आएको छ, त्यसका लागि स्वास्थ्य टोलीमार्फत समस्या समाधान गर्नेछौँ ।”