काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण आज सार्वजनिक हुँदैछ।
मौद्रिक नीति सार्वजनिक गर्नु अघि अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको बैठकले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुँदैछ ।
कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याएको छ ।










