१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय सरकारबाट जसपाका मन्त्रीलाई हटाउने तयारी



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) सँग सहकार्य गरेको जनता समाजवादी पार्टी (जसपा) बाट संघीय सरकारमा सामेल मन्त्रीहरुलाई हटाउने तयारी सुरु भएको छ ।

सत्ता गठबन्धनबीच निर्वाचनका लागि सिट बाँडफाँटमा असहमति राख्दै गठबन्धन त्यागेर जसपाले एमालेसँग सहकार्य गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो सत्ता गठबन्धनमा संलग्न दलका नेताहरुसँग छलफल गरी जसपाका मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुले जसपाका नेताहरुलाई मन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।

जसपाबाट संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह रहनुभएको छ ।

उहाँहरु निर्वाचनमा एमालेसँग सहकार्य गरे पनि सरकारबाट तत्काल राजीनामा नदिने मनस्थितिमा रहनुभएको बताइएको छ । पार्टीले पनि आफ्ना मन्त्रीलाई सरकारबाट हट्न केही भनेको छैन ।

प्रधानमन्त्री देउवाले उनीहरुलाई मन्त्रीबाट हटाए पनि नयाँ मन्त्री नियुक्त गर्न पाउनुहुने छैन । २०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।