• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चुनाबमा प्रचार प्रसारको आशा नगरिदिन हरिवंशको अनुरोध



काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनाबमा आफुबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गरेका छन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै चुनाबमा प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गरेका हुन् ।

उनले ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक रहेकोले कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारप्रसार नगर्ने बताएका छन् । उनले लेखेका छन्- “मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर । तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।”

हरिवंश आचार्यको स्ट्याटस यस्तो छ:

कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता , ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो ।मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता ,आत्मियता ,नाता लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।