१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाबमा प्रचार प्रसारको आशा नगरिदिन हरिवंशको अनुरोध



अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनाबमा आफुबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गरेका छन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै चुनाबमा प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गरेका हुन् ।

उनले ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक रहेकोले कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारप्रसार नगर्ने बताएका छन् । उनले लेखेका छन्- “मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर । तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।”

हरिवंश आचार्यको स्ट्याटस यस्तो छ:

कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता , ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो ।मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता ,आत्मियता ,नाता लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।