९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

बाढीपीडित भन्छन्– ‘हामी नाङ्गै हुने भयौँ, लुगाफाटा पठाइदिनुस्’

बाढीपीडित भन्छन्– ‘हामी नाङ्गै हुने भयौँ, लुगाफाटा पठाइदिनुस्’
अ अ+ अ-

टीकापुर । बाढीका कारण कैलालीको भजनीका नागरिकलाई बढी समस्या भएको छ । असोज १ गते आएको बाढीले ठूलो क्षति व्यहोरेका भजनीका नागरिक पुनः १९ गते बाढी आएपछि थप पीडामा छन् । भजनीका नागरिक गाँस, बास, कपास सबै बाढीले खोसेको गुनासो गर्न थालेका छन् । भजनीका घरबाट विस्थापित भएका पीडितलाई शरीर ढाक्नसमेत समस्या भएको उनीहरुको गुनासो छ ।

एक साता सडकमा बसेर घर फर्किएका बाढीपीडित पुनः सडकमा आएको साता पुग्न थालेको छ । भजनी–८ की धनसरादेवी जैसीको परिवार छ दिनदेखि हुलाकी सडकमा छ । “घरबाट आउँदा जुन लुगा लगाएका थियौँ, त्यही लुगामा आजसम्म बसिरहेका छौँ, फेर्नका लागि अर्को लुगा छैन”, उहाँ भन्नुहुन्छ, “तलबाट बाढीले चुट्यो, माथिबाट वर्षाले चुटेको छ । कोही सहयोगी, दाता हुनुहुन्छ भने हामीलाई पुराना लुगा भए पनि पठाइदिनुस्, हामी भोका नाङ्गा छौँ ।”

यही असोज १८ गतेदेखि सुरु भएको वर्षाले यहाँका नागरिकको जनजीवन अस्तव्यस्त बनाउनुका साथै बाढीपीडित परिवारको गुजारा चल्न समस्या भएको छ । खेमराज जैसीको परिवार पनि १९ गतेबाट हुलाकी सडकमा आश्रय लिएर बसिरहेको छ । उहाँको घर जलमग्न छ । घर जानसक्ने अवस्था छैन । सडकमा पालमुनि निकै कठिन भएको उहाँको गुनासो छ । “हामीलाई राहतमा खाद्यान्न, शरीर ढाक्न लुगा, सुत्नका लागि झुल पाएको भए बाँचिन्थ्यो कि”, उहाँले भन्नुभयो, “घर फर्कने वातावरण छैन, घरमा भएका सबै सामान भिजेर नष्ट भए । यहाँ सडकमा हामीले झेलिरहेका समस्या भनेर साध्य छैन ।”

सडकमै बसिरहनुभएका कम्मानसिंह विकको परिवारको अवस्था पनि दयनीय छ । बालबालिकासहित स–परिवार सडकमा पालमुनि बस्न कठिन भएको छ । खुला सडकमा लुगाकपडा, खानेकुराको अभाव भएकाले समस्या भएको उहाँ बताउनुभयो । “बच्चालाई सम्हाल्न बढी कठिन हुने रहेछ, बच्चा खान खोज्छन्, निरन्तर वर्षा भइरहेको छ । सडकमा पकाउने वातावरण पनि छैन”, कम्मानसिंहले भन्नुभयो, “वस्तुभाउसहित सडकमा बस्न कठिन छ । यस वर्षजस्तो पीडा कहिल्यै भएन, हामीलाई त दैवले ठग्यो ।”

थापापुरकी यज्ञदेवी जैसीको परिवार पनि सडकमा छ । खुला आकाशमुनि चिसो हावा चल्दा झन् कठिन भएको छ । खुला सडकमा लामखुट्टेको टोकाइ, लुगाको अभावमा सरकार भएको महसुससमेत नभएको उहाँको भनाइ छ । “यस्तो समस्या छ । हामी चिसोमा बसिरहेका छौँ, हामीलाई लुगाफाटा भए पनि दिएको भए राहत हुन्थ्यो”, उहाँले भन्नुभयो, “भिजेकै लुगा शरीरमा सुक्छन् तर हाम्रा लागि कोही सहयोगी आएनन् ।”

सडकमै बसिरहेकाहरू सबैको बिचल्ली छ । देवसरा विकको परिवार पनि १९ गतेबाट घर फर्कन सकेको छैन । उहाँको घर नदीजस्तै जलमग्न छ । सडकमा बसेकालाई आवश्यक लुगा, झुलजस्ता सामान पाए पनि राहत हुने उहाँ बताउनुहुन्छ ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी बाढीपीडितलाई आवश्यक खाद्यान्नको जोहो नगरपालिकाले गरिदिएको भए पनि मौसमका कारण खाना पकाएर खान सक्ने अवस्था नभएको बताउनुभयो । “हाम्रो पालिकामा बेहाल छ, हामी पनि केही गर्न सक्ने अवस्थामा छैनौँ, हामी बाढीमा फसेकालाई उद्धार गर्ने कार्यमा खटेका छौँ”, उहाँले भन्नुभयो, “सडक तथा सेल्टरमा बसेकालाई खाद्यान्न उपलब्ध गराएका छौँ तर मौसमका कारण पकाएर खान सक्ने वातावरण छैन । निरन्तर पानी परिरहेकाले पीडितलाई खानपिनमा समस्या भएको छ ।” रासस