७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मन्त्री थापाले फिर्ता गरे गाडी



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सोमबार मन्त्रालयका सचिवलाई गाडी फिर्ता गरेको जानकारी गराएका छन् ।

आसन्न प्रदेशसभा निर्वाचनका लागि कास्की २(ख) बाट उम्मेदवार बनेका थापाले उम्मेदवारी दिएपछि गाडी फिर्ता गरेका हुन् ।

‘आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ‘प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि पत्रकार सम्मेलन गरी जानकारी गराएको थिएँ ।’