१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको स्वास्थ्यमा आइतबारभन्दा सुधार



file
अ+ अ-

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ ।

आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले राससलाई जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उहाँमा डेङ्गु पुष्टि भई उपचार भइरहेकामा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो ।

भर्ना भएको सात दिनमा जोशीको स्वास्थ्य सुधार आएको थियो । कमजोरीका कारण उहाँ अस्पतालमै बसेर उपचार गराइरहनुभएको थियो । १०औँ दिनमा उहाँले कम खाना खान थाल्नुभएको थियो ।

जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आइतबारदेखि नै दैनिकरुपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । एक सय तीन वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।