५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका दुई सय तीस जनामा स्क्रब टाईफस



अ+ अ-

चितवन । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमितमध्ये एक सय आठजना चितवनका रहेका छन् । यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना सङ्क्रमित भेटिएको केसीले जानकारी दिनुभयो । अन्य जिल्ला बाहिरका रहेका छन् ।

गत आर्थिक वर्षमा तीन हजार दुई सय ८६ जनाको परीक्षणका क्रममा दुई सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्ष्यण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताउनुभयो ।

यस्तै जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये एक हजर एक सय ५५ जनामा डेँङगु रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये सात सय ९९ जना चितवनका रहेका छन् । एक सय ७७ जनाको ठेगाना पहिचान नभएको र दुई सय ९९ जना जिल्ला बाहिरका रहेका छन् । डेँगुका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ । साउन यता ५ हजार ६५५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेँङगु देखिएको हो ।




भर्खरै