६ आश्विन २०८१, आईतवार
,
Latest
दुर्गा प्रसाईलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जलविद्युतबाट हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल बनाउने सरकारको लक्ष्य(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।

सोमवार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताउनु भयो ।

मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताउनु भयो । उहाँले हाइट्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिनुभयो ।

मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरु गरिरहेकाले नेपाल सरकारले पनि हाइट्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने,प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा,यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ । मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । हाइट्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको छ ।’

‘सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक छ । विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा विषेश चासो र प्राथमिकता सहित अध्ययन अनुसन्धानहरु गरिरहेको छ । विकाससील मुलुकहरुको ग्रिन हाइट्रोजन ऊर्जा उत्पादनका सम्बन्धमा नीति निर्माण र प्रविधिको विकास गर्ने,खपतको क्षेत्र निर्धारण गरी विश्वका विकाससील मुलुकहरु अगाडि बढेको अवस्थामा नेपालले पनि यो विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक छ । हाइट्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्ने विश्वास छ ।’

‘नेपालको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी, जलस्रोतलाई हरित हाइट्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण छ । हरित उर्जामा सबै जनताको पहुँच पु¥याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता छ ।’

मन्त्री भुसालले विश्वमा हाइट्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको जलस्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोग मार्फत जलस्रोतलाई हरित हाइट्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताउनु भयो । उहाँले हरित उर्जामा सबै नेपाली जनताको पहुँच पु¥याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता औंल्याउनु भयो ।