• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

ला लिगाः सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा



एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा सेल्टा डि भिगोमाथि १–० को जित निकाल्दै क्याटलान क्लब बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले १७औं मिनेटमा गोल गरे । यस जितसँगै अपराजित रहेको बार्सिलोना ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

समान २२ अंक नै रहेको अपराजित रियल गोल अन्तरमा बार्सिलोनासँग पछि छ । पराजित सेल्टा १० अंकसहित ११औं स्थानमा छ ।