५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून



अ+ अ-

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ ।

मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य साँझसम्म जारी रहेको थियो । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणालीमा साँझसम्म प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर एक हजार नौ सय ३७ पुरुष र एक सय ९१ महिला गरी कूल दुई हजार एक सय २८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेशसभातर्फ दुई हजार छ सय पुरुष, दुई सय ४४ महिला र एक अन्य गरी दुई अजार आठ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सोमध्ये प्रदेश नं १ मा चार सय ४५ पुरुष, ४९ महिला गरी चार सय ९४, मधेश प्रदेशमा सात सय ११ पुरुष, ५५ महिला र एक अन्य गरी सात सय ६७, बागमती प्रदेशमा पाँच सय ६१ पुरुष, ७४ महिला गरी छ सय ३५, गण्डकी प्रदेशमा एक सय ९९ पुरुष, २९ महिला गरी दुई सय २८, लुम्बिनी प्रदेशमा चार सय १४ पुरुष, २३ महिला गरी चार सय ३७, कर्णाली प्रदेशमा ७९ पुरुष, दुई महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा एक सय ९१ पुरुष, १२ महिला गरी दुई सय तीन उम्मेदवारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । भोलि असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।

हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका कारण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारहरूका हकमा आयोगले सहजीकरण गरेको थियो । सम्बन्धित दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, प्रतिनिधि मुकरर गरिएको पत्रलगायत आवश्यक कागजात आयोग तथा आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई सहजीकरण गरिएको हो ।रासस




भर्खरै