• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’ ★   सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु ★   साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम ★   बैंकरलाई अर्थमन्त्रीको ढाडस-विश्वास बोकेर फर्किनुस्, सरकार तपाईंहरूसँगै छ ★   स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ: अध्यक्ष ढकाल

‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’



file

सर्लाही । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ । 

उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताउनुभयो । 

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिनुभयो ।