५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ: काङ्ग्रेसबाट टेकबहादुर र एमालेबाट पाल्तेन छोपाङको उम्मेदवारी



अ+ अ-

मनाङ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेका केन्द्रिय सदस्य टेक बहादुर गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पानीमा रुझ्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज केन्द्रिय सदस्य गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
काङ्ग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्र जंग गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गठबन्धनको समर्थनमा प्रदेश ‘ख’ मा राजीव गुरुङ (दीपक मनाङे)ले उम्मेदवारी दर्ता गराउनु भएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताउनुभयो । प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवार कर्मा ध्वर्जे लामा गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट पाल्तेन छोपाङ गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेले प्रदेश ‘क’मा राजन गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुख्या गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।