२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश शर्माद्वारा झापा १ बाट उम्मेदवारी मनोनयन दर्ता



अ+ अ-

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

आईतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित हुनुभएको थियो । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताउनु भयो ।

प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि महामन्त्री शर्माले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको पनि बताउनु भयो ।