२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता



file
अ+ अ-

झापा । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उहाँले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उहाँको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहनुभएको छ । पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उहाँ आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिम्सिनामार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो।

सिटौलाले आजै जीपी स्मृति भवनको प्राङ्गणमा भइरहेको गठबन्धनको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न स्थानबाट सन्थाल नृत्यसहितको झाँकी ल्याइएको छ ।