• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा ★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

चितवन ३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिँदै



काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउने भएका छन् ।

सत्तारुढ गठबन्धनबीच भएको सिट बाँडफाँटमा सो निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । माओवादी केन्द्रले सो निर्वाचन क्षेत्रबाट डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस- सभापति देउवालाई दिनेशको पत्र – समानुपातिक सीट पत्नी तथा परिवारलाई दिइने अंश होइन

सोही निर्वाचन क्षेत्रबाट कांग्रेसकै नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

केही दिन अघि पार्टी सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै केन्द्रीय सदस्य कोइरालाले समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको जनाउनु भएको थियो ।

उहाँले समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको छ । समानुपातिक सीट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सीट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रुपमा दिनुपर्ने अवस्थामा त्यस विपरित काम गरिएको जनाउनु भएको छ ।