८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

सभापति देउवालाई दिनेशको पत्र – समानुपातिक सीट पत्नी तथा परिवारलाई दिइने अंश होइन

सभापति देउवालाई दिनेशको पत्र – समानुपातिक सीट पत्नी तथा परिवारलाई दिइने अंश होइन
अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको जनाउनु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै केन्द्रीय सदस्य कोइरालाले समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको जनाउनु भएको छ ।

उहाँले समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको छ । समानुपातिक सीट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सीट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रुपमा दिनुपर्ने अवस्थामा त्यस विपरित काम गरिएको जनाउनु भएको छ ।

पत्रको पूर्णपाठ

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वलाई अत्यन्त जरुरी ध्यानाकर्षण पत्र

श्रीमान सभापतिज्यू

नेपाली कांग्रेस

तथा

सदस्यहरु, संसदीय बोर्ड

महोदयहरु

नेपाली कांग्रेस अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ । कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र अहिले विकराल रुपमा सतहमा देखा परेको छ । पूरै देशलाई ठूलो संकटतर्फ धकेल्ने कुप्रयास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास र विकास दिएर संकटबाट बाहिर ल्याउन अगुवाई गर्नुपर्ने थियो । तर नेतृत्व सचेत र गंभिर नदेखिनु अत्यन्तै दुःखलाग्दो परिस्थिति हो ।

कांग्रेस समाप्त पार्न र देशलाई संकटमा होम्नका लागि अहिले षडयन्त्रमूलक,, अप्राकृतिक कुकर्महरु भइरहेको छ । यो अवस्था कुनैपनि देशभक्त नागरिक तथा नेपाली कांग्रेसका इमानदार कार्यकर्ता टुलुटुलु हेरेर बसिरहन सक्दैछ ।

नेपाली कांग्रेसले आगामी आमचुनावमा संघ तथा प्रदेशहरुमा बहुमत ल्याउन आवश्यक छ । बहुमत ल्याउने गरी चुनावी तालमेल गर्न केन्द्रीय समितिको बैठकले निर्देश दिएको तथ्य म नेताहरुलाई स्मरण गराउन चाहन्छु ।

आमचुनावमा कांग्रेसलाई बहुमत ल्याउन नदिने गरी तालमेल गरिँदैछ । कांग्रेसले सय सीट भन्दा थोरैमा प्रत्यक्ष चुनाव लडेर कसरी बहुमत ल्याउन सक्छ रु आम जनताको तर्फबाट उठिरहेको यो प्रश्नको जवाफ मुखबाट नभएर व्यवहारबाट पार्टी नेतृत्वबाट आउन आवश्यक छ ।

हामी आधा सीट अन्य पार्टीहरुलाई दिइरहेका छौं, बाँकी रहेको आधा सीटमा कस्तालाई उम्मेदवार बनाउँदैछौं रु यो गम्भीर प्रश्न भएको छ । पार्टीले समानुपातिकका लागि प्रस्ताव गरेका नामहरु परिवारवाद, वंशवाद, नातावाद, आसोपासेवाद र अर्थवादबाट प्रेरित भएको स्पष्ट देखिन्छ ।

समानुपातिक सूची आरक्षित सीट हो । आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरुलाई समानुपातिक उम्मेदवारका रुपमा प्रस्ताव गरिनुपर्ने हो । त्यस विपरित समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको देखिन्छ । समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको छ । समानुपातिक सीट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सीट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रुपमा दिनुपर्ने अवस्थामा त्यस विपरित काम गरिएको छ ।

समानुपातिकतर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरुलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्यक्षमा लड्ने उम्मेदवारहरुलाई समेत पर्ने देखिन्छ ।

तसर्थ, निम्न नीति अपनाइयोस्–

१) संघ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पत्तिबाट एकजनाभन्दा धेरैलाई अवसर नदिइयोस् ।

२) उम्मेदवार प्रस्ताव गरिएकाहरुले पार्टीभित्र जिम्मेवार पदमा आफ्नो नातागोता कोको छन् भन्ने सार्वजनिक रुपमा खुलाउने व्यवस्था गरियोस् ।

३) प्रत्यक्षमा उम्मेदवार बन्ने सामर्थ्य भएका, विगतमा संसद्मा प्रतिनिधित्व गरिसकेकाहरुलाई समानुपातिकमा उम्मेदवार नबनाइयोस् ।

४) जिम्मेवार पदमा बसेका नेताहरुले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिवद्धता गरुन् ।

५) प्रस्तावित कैयन उम्मेदवारहरुले अर्थबलमा समानुपातिकमा नाम पार्न सफल भएको भनी जनस्तरमा आक्रोश व्यक्त भइरहेको छ । समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको सम्बन्धमा एक स्वतन्त्र आयोग बनाएर छानविन गरियोस् ।

६) उम्मेदवार चयन गर्दा वर्गीयतालाई पनि आधार बनाइयोस् । अर्थात्, समानुपातिक उम्मेदवार चयन गर्दा आर्थिक रुपमा विपन्नलाई प्राथमिकता दिइयोस् ।

यी केही नीतिहरु मैले सुझावका रुपमा प्रस्तुत गरेको छु । यी सुझाव मेरो मात्र नभएर नेपाली कांग्रेसका तमाम निष्ठावान, इमानदार कार्यकर्ताहरुको पनि हो र आम नेपाली जनताको पनि हो भन्ने तथ्यवोध गरियोस् । यी नम्र सुझावहरुलाई वेवास्ता गरेर पार्टी नेतृत्व अगाडि बढेको अवस्थामा आम कार्यकर्ता तथा जनताले गर्ने विद्रोहको जिम्मेवारी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेका नेताहरुले नै लिनुपर्ने हुन्छ।

धन्यवाद, जय नेपाल

दिनेश कोइराला

केन्द्रीय सदस्य, नेपाली कांग्रेस