• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! ★   १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री ★   समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी (अन्तरवार्ता) ★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु



सांकेतिक तस्बिर

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।

बिहीबार सिन्धौलीको पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उहाँको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले राससलाई जानकारी दिनुभयो । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा हुनुहुन्छ । उहाँको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुभयो ।