२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेत्री रेखा थापाको मोरङ क्षेत्र नं ३ मा मनोनयन दर्ता(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले उम्मेदवारी दर्ता गराएको तस्बिर पोस्ट गर्दै उहाँले आफ्नो राजनीतिक यात्रा समयको माग भएको बताउनुभएको छ ।

मोरङका जनताको सेवाका लागि विगत ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेदा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोह भएको उल्लेख गर्नुभएको छ ।

“अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ रु देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजका लागिसम्म पनि उत्तरदायी बन्न् किन सकेनन रु किन हामी मोरङवासी सधैँ देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौँ त रु यस्तै तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र नै ३ बाट युवा विद्रोहको रपमा उमेद्वारी दिएकी छु”, उहाँले भन्नुभएको छ ।