२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँग माओवादीकी रेखा शर्मा भिड्ने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ–२ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँटमा सो क्षेत्र माओवादी केन्द्रले पाएसँग उसले शर्मालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो ।

तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा गठबन्धनबीचको सहमतिअनुसार दाङ १ बाट नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र ३ बाट नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार बन्ने भएका छन् ।

नेकपा एमालेले भने निर्वाचन क्षेत्र १ बाट शान्ता चौधरी र ३ बाट कोमल वलीलाई उम्मेदवार बनाएको छ ।