५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मीनेन्द्र रिजालको टिकट खोसियो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता मीनेन्द्र रिजालको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट खोसिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई टिकट दिन बन्चित गर्नुभएको छ ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा पार्टी संकटमा परेको बेला रिजालले निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभामा पार्टीको उपस्थिति कमजोर भएको बेलामा पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

संसद्मा प्रतिपक्षीको आवाजलाई बुलन्द बनाउनुभएका रिजाल पार्टीको १२औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार भई पराजित हुनुभएको थियो ।

पार्टी सभापति देउवाले अघिल्लो निर्वाचनमा रिजाल निर्वाचत भएको क्षेत्रमा सुजाता कोइरालालाई टिकट दिनुभएको छ । सुजाताले पार्टी महाधिवेशनमा कोइराला समूह छाडेर देउवालाई साथ दिनुभएको थियो । पछिल्लो समयमा रिजालले भने देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आउनुभएको थियो ।

२०७४ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई रिजालले पराजित गर्नुभएको थियो । नेपाली कांग्रेसले सो निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको थियो । कांग्रेसका केही नेताहरुले पार्टी सभापति देउवाले रिजालमाथि प्रतिशोध साँधेको बताएका छन् ।

पार्टी महामन्त्रीमा पराजित रिजाललाई देउवाले केन्द्रीय सदस्यमा समेत मनोनित गर्नुभएको थिएन । सो महाधिवेशनमा पराजित अधिकांश नेताहरुलाई उहाँले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो । महामन्त्रीमा पराजित भएपछि रिजालले नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
मोरङमा बलियो मानिएका रिजालले केही समयअघि नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गर्नुभएको थियो ।