२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी



अ+ अ-

रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन् ।

सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की बताउँनुभयो । उहाँले आफ्नो पाँच रोपनी जग्गामा दुई हजार अकबरे खुर्सानीको खेती गरेर अचार उद्योग सञ्चालन गर्नुभएको हो । उहाँले अकबरेका अलावा निबुवा, कागती, करेला, मूला, अमलालगायत विभिन्न प्रकारका कच्चापदार्थहरु जम्मा गरी अचार बनाएर बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले अचार बेचेर नै वार्षिक १५ लाखसम्म आम्दानी गर्नुभएको छ । । गाउँमा सामूहिक रुपमा पनि अकबरे खुर्सानी खेती गरिएको छ । यो खुर्सानीले बेफाइदा नगर्ने भएकाले पनि गाउँका अधिकांश कृषकहरु यस खेतीतर्फ लागेका छन्, कम मेहनत र खर्चमा यो खुर्सानी उत्पादन हुने र उत्पादन भएको खुर्सानी गाउँमै खपत हुने भएपछि स्थानीयहरुको यस खेतीप्रति आकर्षण बढेको हो । अकबरे खुर्सानीको अचार को मुख्य बजार रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाडाँै भएको पनि कार्की बताउँछन् ।

उहाँले भन्नुभयो, “अहिले गाउँमा खुलेको अचार उद्योगले गाउँमा उत्पादन भएका जम्मै खुर्सानी खरिद गरिदिन थालेपछि गाउँले हरु अधिकांशले यसको खेती गरिरहेका छन् । आफ्नो उमेर ढल्कँदै गएको र यस पेसालाई निरन्तरता दिइयोस् भनेर गाउँका अरू कृषकहरुलाई पनि यो सीप सिकाउने गरेको छु ।”

उमेरले ६५ लागेका कार्कीको सीप र जाँगरमा कुनै कमी देखिँदैन । कहिले कोभिड र कहिले डेङ्गुको महामारीले गर्दा व्यवसायमा कमी आउने गरेको भए पनि उनी उत्साहित भएर आफ्नो कर्ममा लागिरहेका छन् । नौवटा वडा रहेको नगरपालिकामा बढी जसो खुर्सानी, अदुवा र जुनार उत्पादन हुने हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा नगरपालिकाले यसलाई जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।