२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

पहिलो संविधानसभाका सदस्य समेत रहेका ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको हो ।

अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको बताइएको छ ।

लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए । नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए ।

ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।