१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

एमालेबाट सुदूरपश्चिममा को को उठ्दैछन् ? (नामावलीसहित)

एमालेबाट सुदूरपश्चिममा को को उठ्दैछन् ? (नामावलीसहित)
अ अ+ अ-

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ ।

बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् ।

कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।

प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगिएको छ । तर राप्रपा र जसपासँग वार्ता भइरहेकाले टिकट नखोसिएको अवस्थामा एमालेको निर्णय अव परिवर्तन नहुने स्रोतले बतायो ।

टिकट पाउनेहरुको नामावली

बाजुरा : प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बल्देव रेग्मी र (ख) मा लालबहादुर थापा

बझाङ : प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा

दार्चुला : प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी

बैतडी : प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र दाहाल

डडेलधुरा : प्रतिनिधिसभामा कर्ण मल्ल (बीपी कांग्रेस), प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही

डोटी : प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम

अछाम–१ : प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा (क) देवबहादुर कुँवर र (ख) कृष्णप्रसाद जैसी

अछाम–२ : प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा (क) भीमबहादुर बिष्ट र (ख) शिव उपाध्याय

कञ्चनपुर–१ : प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट

कञ्चनपुर–२ : प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह

कञ्चनपुर–३ : प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा (क) मा राप्रपालाई छोड्ने, (ख) मा सुरेन्द्र बिष्ट

कैलाली–१ : प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने

कैलाली २ : प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे

कैलाली ३ : प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,

कैलाली ४ : प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद

कैलाली ५ : प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ