१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

नवौँ राष्ट्रिय खेलकुद : दस खेलका २३ ‘विधा’ रद्द

नवौँ राष्ट्रिय खेलकुद : दस खेलका २३ ‘विधा’ रद्द
9th National Game Logo
अ अ+ अ-

पोखराः गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ ।

प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो ।

गल्फ, आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक, स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । धेरैजसो इभेन्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो । सबैभन्दा बढी आर्चरीमा सात इभेन्ट रद्द गरिएको छ । त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेन्टसम्म नहुने सम्भावना रहेको बताइन्छ ।

आर्चरीका सातवटा इभेन्टहरुमा चार टोलीको सहभागिता नभएकाले खेल नहुने भएको जनाइएको छ । आर्चरीमा पुरुष कम्पाउन्ड टोली, मिक्स टोली कम्पाउन्ड, मिक्स टोली रिकर्भ, मिक्स टोली स्ट्यान्डर्ड, महिला कम्पाउन्ड टोली, महिला रिकर्भ टोली र महिला स्ट्यान्डर्ड टोलीका खेलहरु नहुने प्रतियोगिता प्राविधिक समितिले जनाएको छ ।

आर्चरीमा कूल १५ पदक बाट मात्रै सातवटा स्वर्ण पदक घटेको छ । आर्चरीमा कूल १५ स्वर्ण पदकका लागि खेल हुने यसअघि जनाइएको आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनले बताउनुभयो । आर्चरीका केही इभेन्ट रद्द भएको जानकारी प्राप्त भएको बताउँदै उहाँले यस बारेमा राखेपमा छलफल गरिने बताउनुभयो ।

यसैगरी प्याराग्लाइडिङ र स्विमिङको तीन/तीन, जिम्न्याष्टिक, भारोत्तोलन र सुटिङको दुई/दुई, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वायसका एक/एक इभेन्टहरुका खेल नहुने भएका छन् ।

गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्याष्टिक पुरुष पोमल हर्स (अल राउन्ड इभेन्ट), जिम्न्याष्टिक महिला भल्टिङ टेबल (अल राउन्ड इभेन्ट), जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्री टिम इभेन्ट तथा महिला क्रसकन्ट्री एकलका इभेन्टहरु नहुने जनाइएको छ ।

त्यसैगरी सुटिङ मिक्स टिम १० मिटर इएर पिस्तोल, १० मिटर इएर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वायसतर्फ महिला सिङ्गल्स, पौडीतर्फ महिला बटरफ्लाई २०० मिटर, महिला ४०० मिटर मिड्ले, भारोत्तोलनतर्फ १०९ केजी तौल पुरुष र महिला ८७ केजी माथिका इभेन्टहरु नहुने जनाइएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि गण्डकी प्रदेशले सबैभन्दा बढी खेलाडी दर्ता गरेको छ । गण्डकीले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।