६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो पन्छाएर पृथ्वीराजमार्ग सञ्चालन



अ+ अ-

तनँहु । अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो ।

त्यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ । दुईतर्फी बनाउन पहिरा पन्छाउने कार्य जारी छ । “निरन्तर पानी परिरहेकाले केही समस्या भएको छ”, उहाँले भन्नुभयो ।

राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । निरन्तर वर्षा भइरहेकाले अझै पहिराको थप जोखिम रहेको देखिन्छ । पहिरो जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरो पन्छाउने टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।रासस