७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा



अ+ अ-

काठमाडौं । हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ । मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

तलेजु भवानीको मूर्तिलाई मूलचोकमा राखिए पनि मन्दिरमा भने अहिले पनि भक्तजनले दर्शन गरिरहेका छन् । यो मन्दिर प्रत्येक वर्ष बडादसैँको महानवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यहाँ भक्तजनले कलशको दर्शन गरेर फर्कने पनि उहाँले बताउनुभयो ।

मन्दिर भक्तजनका लागि आज बिहान ४ः३० बजे खुला गरिएको थियो । भक्तजन भने त्यसअघिदेखि नै लाममा बसेको कार्यालयले जनाएको छ । आज भारी वर्षा भए पनि भक्तजन भने अझै लाममा बसेका छन् । मूर्तिलाई भने बुधबार विजयादशमीका दिनमात्र मन्दिरमा फर्काइने भएको छ ।रासस