९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था

मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था
अ अ+ अ-

लुम्बिनी । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन ।

विसं २०७८ असोज ३० गते शनिबारका दिन दुर्गामूर्ति विसर्जनका लागि जानुभएका कोटहीमाई–४,कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै नदीमा डुब्नुभयो । दसैँमा पूजाका लागि बनाइएको दुर्गामूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे बेपत्ता हुनुभएका उहाँको शव सोही दिन राति ८ बजे फेला परेको थियो ।

विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एकजनाको मृत्यु भएको थियो । साथीहरूको लहैलहैमा दुर्गामूर्ति विसर्जनका लागि गएका सम्मरीमाई–६ महदेइयाँका सोही उमेर समूहका मुकेश कुर्मी हेर्दाहेर्दै बेपत्ता भई डुबेको २० घण्टापछि मात्र स्थानीयवासीले उहाँको शव फेला पारेका थिए ।

विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जलभर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो । प्रहरीको रेकर्डलाइ हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका करूणा चौबेका छोरा १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जलभर्ने क्रममा कोटहीमाई–५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो ।

यसरी सो ठाउँमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । सोही ठाउँमा डुब्दै गर्दा उद्धार भई ज्यान बाँचेकाहरुको सङ्ख्या पनि उत्तिकै छ । विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा उद्धार गरिएको र अन्य धेरैलाई पौडीबाजहरुले उद्धार गरी ज्यान जोगाएको स्थानीय सञ्चारकर्मी मुकेश चौधरीले बताउनुभयो ।

“धार्मिक प्रयोजनका लागि जलभर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनिजसो एक वा दुईजनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ”, कोटहीमाई–५ तेलियागढका राजेन्द्र यादवले भन्नुभयो, “स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ ।”

धार्मिक प्रयोजनका लागि भन्दै जलभर्ने क्रममा सोही ठाँउमा बर्सेनि युवा युवतीहरू डुबेर मृत्यु भइरहँदा केहीको उद्धार गर्न सकिए पनि धेरैलाई बचाउन सकिएको छैन । कम्तीमा पनि बर्सेनि एक या दुई जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मर्चवारको भनाइ छ ।

दानव र तिनाउनदीको सङ्गमस्थल भएको त्यो ठाउँमा पानीको गहिराइ र बहाव उच्च छ । कुनै पनि कारणले नदीको पानीमा डुब्ने जो कोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ । त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी नायब निरीक्षक एनपी साउदले त्यसो हुन नदिन यस वर्ष स्थानीय पालिकासित सहकार्य गरेर व्यवस्थित गर्ने बताउनुभयो ।

जिम्मेवार निकायले सुरक्षा ताथ बचाउका लागि गम्भीर बन्नुपर्ने आग्रह गर्दै सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो, “यति भन्दैमा हामी आम नागरिक पनि हाम्रा कर्तव्यबाट विमुख हुन मिल्दैन । जोखिमपूर्ण ठाउँमा मूर्ति विसर्जनलगायतको कार्य गर्न रोक लगाई अलि कम पानी भएको ठाउँमा सतर्कताका साथ मात्र गर्न दिनुपर्छ ।”

“अभिभावले पनि आफ्ना बच्चालाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो भन्दा फरक पर्दैन”, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो, “मैले मातहतका प्रहरी कार्यालयहरुलाई सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु ।” दसैँ तिहारलक्षित जनचेतनामूलक कार्यक्रमहरू पनि भएको उहाँले बताउनुभयो ।

“हामीसँग विज्ञ जनशक्ति छैन, चाडपर्वका बेला प्रायः मानिसहरू उत्तेजित रहन्छन्, त्यसैले सक्दो प्रयासका बावजुद घटनाक्रम रोक्न नसकिनु निकै नै दुःखद हो”, कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्नुभयो, “खुशी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि मान्छे डुबेर मृत्यु हुने गरेकोले यस वर्ष त्यस्तो हुन नदिन विशेष व्यस्था गरिने छ ।” रासस