१६ श्रावण २०८३, शनिबार
,
Latest
श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागेश्वरी मन्दिरमा जिब्रो छेडियो



अ+ अ-

नेपालगञ्ज । महानवमीका दिन आज पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन् ।

नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बडादसैँको घटस्थापनाका दिनदेखि नै निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो । उहाँले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो नै काटेर चढाउने गरेका र अहिले भने जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताउनुभयो ।

उहाँले भक्तजनले आफ्नो मनोकांक्षा पूराहोस् भनेर तथा भाकल गरेकाहरुको भाकल पूरा भएपछि जिब्रो छेड्ने परम्परा रही आएको बताउनुभयो ।
महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्पपरा रहेको र केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु ९त्रिशुल० ले छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब एक सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेका छन् ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

मङ्गलबार महानवमीका दिन बाँके लोयिनपुरवाका ७० वर्षीय रतिराम लोनिया, ७० वर्षीय भगौती धारुक, ३५ वर्षीय प्रेमकुमार चौहान, आशराम लोनिया, ३२ वर्षीय उत्तम चौहान लगायतले आफ्नो भाकल पूरा भएको उपलक्षमा जिब्रो छेडेर बागेश्वरी देवीको दर्शन गर्नुभएको छ ।रासस