२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भएको छ । यस हिसाबले हेर्ने हो भने करिब रु दुई करोडको लड्डु बिक्री भएको अनुमान छ ।”

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताउनुभयो ।

बजारमा आइतबार साँझदेखि नै मिठाई पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।रासस