१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक बन्दसूचीमा रहेका २९ जनाबाट नाम फिर्ताका लागि निवेदन



अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनीहरुले दिएको निवेदनपछि आयोगले सम्बन्धित दलहरुलाई पनि यसको जानकारी गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरुले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको आयोगले जनाएको छ ।

उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको उनले जानकारी दिए ।

यसरी निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन् भने प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १र१ जना रहेका छन् ।

उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आयोगले आज सोमबार १२ बजेसम्मको समय दिएको थियो ।




भर्खरै