९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो
फाईल फोटो
अ अ+ अ-

ढोरपाटन । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आउनुभएको छ तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन हराउन थालेको उहाँले बताउनुभयो ।

“पहिला राडीपाखी बेचेरै खान लाउन पुगेको पुग्थ्यो, घर व्यवहार चलाइन्थ्यो, गाउँमा धेरैले राडीपाखी बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैन हामी बूढाबूढी भैँयो, हातपाखुरा बस्न थाले”, यमलालले भन्नुभयो, “अहिले त भेडा पनि कम मान्छेले मात्रै पाल्ने गर्छन्, ऊन पनि पाउन मुस्किल हुन्छ, भनेको बेला पाइँदैन, अब विस्तारै यो पेसा हराउँदै जान्छ, अहिलेनै धेरै कम भएको छ ।”

उहाँले आफूले बुनेका राडीपाखी देशमा मात्रै नभई विदेशसम्म पुग्ने गरेको जनाउँदै अहिले माग बढे पनि पु¥याउन नसकेको उहाँको भनाइ छ । आफूहरुले अग्रजबाट निकै चासो दिएर सिकेको भन्दै अहिलेका नयाँ पुस्ताले यसप्रति चासोनै नदिँदा राडीखापी बुन्ने पेसा लोप हुँदै गएको उहाँले बताउनुभयो । “अहिलेका पुस्ताले यो काम गर्न झन्झट मान्छन्, यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अली झन्झटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरेँ तर सकिन, चासोनै दिएनन्”, उहाँले भन्नुभयो, “मैले बुन्न छोडे भने त यो गाउँमा मान्छे नै हुन्न होला, अहिले मै मात्रै हुँ यसरी काम गर्ने ।”

तमानखोला–३ की टेककुमारी बुढालाई पनि राडीपाखी बुन्ने परम्परा हराउँदै गएकोमा चिन्ता छ । उहाँले भन्नुभयो, “हराउन थाल्यो यो पेसा, अब कसरी बचाउन सकिन्छ र ?, अहिलेका युवायुवतीले यसप्रति चासो देखाएनन्, हामी दुई÷चार जनाछौँ गाउँमा यो बुन्ने, हाम्रो हात बस्यो भने त गाउँमा राडीपाखी बुन्ने कोही हुन्न, अहिलेसम्म त हाम्ले जेनतेन बुनिराखेका छौँ ।”

राडीखापी बुन्न भेडाको ऊन अतिआवश्यक पर्ने जनाउँदै भेडापालक पनि घट्दै गएको उहाँको भनाइ छ । पहिले–पहिले राडीपाखी बेच्नका लागि बागलुङको ठाउँठाउँमा मेला लाग्ने गरेको भन्दै अहिले तिमेलासमेत नलाग्ने उहाँको भनाइ छ । नयाँ पुस्ताले सिक्न चाँहे आफूले निःशुल्करुपमा सिकाउने उहाँ बताउनुहुन्छ ।

“राडीपाखी बेच्ने मेला पनि लाग्न छोड्यो, पहिले बागलुङ जिल्लाका धेरै ठाउँमा राडीपाखी बेच्ने मेला लाग्थ्यो, अहिले न मेला लाग्छ, न मान्छेले बुन्छन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो काम अलि कति झन्झटिलो हुन्छ तर सिकेर बुन्दै गएपछि सजिलो लाग्छ, कोही युवायुवतीले सिक्न चाहे मैले निः शुल्क सिकाउने थिए ।”

कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थल्दा जिल्लाको पहिचाननै सङ्कटमा पर्ने देखिन्छ । भेडाको रौँलाई प्रशोधन गरी धागो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्ष यता जिल्लामा कम मात्रैमा देखिन्छ । बागलुङमा उत्पादन हुने राडीपाखी खास गरी गुल्मीको रिडीमा लाग्ने माघेसङ्क्रान्ति मेलामा बढी बिक्री हुन्थे । बागलुङबाट यस बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पु¥याउने र राम्रो मूल्य पार्ने गरेको निसीखोला–६ की ६७ वर्षीया पुनिकला घर्तीमगरले बताउनुभयो ।

“रिडीमा माघ १ गते ठूलो मेला लाग्ने गथ्र्यो, अहिले पनित्यो मेला लाग्छ, उति बेला हामीहरु गाउँका १०÷१२ जनाएक वर्षभरि बुनेको राडीपाखी बोकेर जान्थ्यौँ, अहिलेको जस्तो मोटरबाटोको सुविधा थिएन, त्यहाँ पुग्न झण्डै चार दिन लाग्थ्यो”, उहाँले भन्नुभयो, “त्यहाँ पुगेपछि राडीपाखीको खोसाखोस हुन्थ्यो, घर फर्किने बेला रु दुई÷तीन लाख लिएर आउँथ्यौँ, अहिले त बुन्न पनि कम भयो, जान पनि छोडियो ।”

उहाँले एउटा राडी तयार गर्न पाँचदेखि १० दिनसम्म लाग्ने सुनाउनुभयो । ओढ्न, बिच्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गरेको भन्दै पछिल्लो समय निकै कमभएको उहाँको भनाइ छ । घर्तीमगरले एउटा राडीलाई सामान्य रु सात हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताउनुभयो । राडीपाखी बलियो र वर्षौं टिक्ने हुँदै धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।

स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कमभएको तमानखोला उहाँले बताउनुभयो । अहिले बजारमा सिरक, डसनालगायत सबै खाले फ्रेन्सी सामान पाइन थालेपछि राडीपाखीको प्रयोगसमेत कम हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“हामी सानो हुँदा सिरक, डसना र कम्बल पाइँदैनथ्यो, मान्छेले ओढ्न बिछ्याउन राडीपाखीको प्रयोग गर्ने गर्थे अहिले सबैथरी कपडा बजारमा पाइन थालेपछि यसको उत्पादन र प्रयोग घट्यो ।”

राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै जाँदा बूढापाकाले चिन्ता गर्न थालेका छन् । गाउँले जनजीवन र जीविकापार्जनसँग जोडिएको राडीपाखी बुन्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको तमानखोला–४ का कृष्ण सिर्पाली बताउनुभयो । उहाँले यस्ता कला र सीपको संरक्षणमा स्थानीय पालिकाले चासो दिनुपर्ने सुझाव दिनुभयो ।

“राडीपाखी त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, अझ बागलुङ जिल्लाकै चिनारी हो, केही वर्षयता यसको प्रयोग र बुन्नेको सङ्ख्यानै कम भएको छ, स्थानीय सरकारले बुन्ने सीप भएका मानिसलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सिक्नतर्फ आकर्षित गर्नसके यो पेसा लोप हुने थिएन”, उहाँले भन्नुभयो । रासस