• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस ★   सन्दर्भ वातावरण दिवसः एउटा प्लाष्टिकको झोला नष्ट हुन १००० वर्ष लाग्ने ★   कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने ★   अन्नपूर्ण केबलकार र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   सफा हिमाल अभियान २०२४: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन ★   आजै विश्वासको मत लिँदै मुख्यमन्त्री यादव ★   अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने ★   विराटले पछि पारे नेयमारलाई ★   फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली ★   असार १ गतेदेखि आन्दोलनमा उत्रिने क्रसर व्यवसायीहरुको चेतावनी

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नवन्ने बाबुरामको घोषणा



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ ।

डा भट्टराईले आज सामाजिक सन्जाल मार्फत आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो उहाँले लेख्नु भएको छ ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

उहाँले लेख्नुभएको छ

प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।

आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बाँकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।

आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !