६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकको सूचीमा नपरेको भन्दै गुप्ताद्वारा पदबाट राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसबाट समानुपातिक सूचीमा नपरेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।

अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका हुन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनको गुनासो छ ।

उनले विज्ञप्ती जारी गर्दै भनेका छन्-‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो ।’

संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको आरोप समेत उनले लगाएका छन् ।