९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

हेटौँडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो

हेटौँडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो
अ अ+ अ-

मकवानपुर । बडादसैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्मिक विधिपूर्वक भित्र्याइयो ।

उक्त अवसरमा नेपाली सेनाको एक टुकडी र नेपाल प्रहरीको जवानले हर्षबढाईसहित सलामी अर्पण गरेका थिए । आजै बिहान फूलपाती लिन मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक ९डिआइजी० किरण बज्राचार्य, नेपाली सेनाका उच्च अधिकृत, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधि स्थानीय गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।

यसैगरी गोरेक्षश्वर मन्दिरबाट निस्किएको अर्को धार्मिक शुभयात्राले हेटौँडा उपमहानगरपालिका–२ वनस्खण्डीको जमरा घरमा ल्याएको फूलपाती आजै वनस्खण्डी मन्दिरमा भित्र्याइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिनुभयो ।

सोही स्थानमा फूलपाती भित्र्याउन नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँक्री र धार्मिक भक्तजन सम्मिलित शुभयात्राले हेटौँडा नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो ।