९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तामाखानीले घेरिएको गाउँ

तामाखानीले घेरिएको गाउँ
अ अ+ अ-

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ ।

“यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भने, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।”

यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उनको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताए । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हेर्यो त्यहाँ तामाको खानी नै खानी छन्,” उनले भने, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।”

उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उनको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भने, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।”

खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताए । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उनले भने ।

उनले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताए । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ ।

“बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भने, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाँैको आम्दानी हुने थियो ।”

खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताए । “यहाँमात्रै होइन धेरै ठाउँको खानीमा छन्त्यालहरूले काम गर्ने गरेको इतिहास छ, हाम्रा अग्रजहरूले छन्त्यालहरूलाई अनपढ वैज्ञानिक भन्ने गर्थे, किनकि उनीहरूले माटो सुँघेर खानी पत्ता लगाउने र उत्खन्न गर्ने गर्थे”, उनले भने, “अहिलेको जस्तो प्रविधि उबेला भएको भए सायद यो ठाउँ अझैसम्म यस्तो दुर्गम हुनुपर्ने थिएन होला ।”

अर्का स्थानीय मनकुमारी छन्त्यालले गाउँमा पहिरो जाँदा पनि तामा भेटिने गरेको बताउनुभयो । दुई दशक अगाडिसम्म बारीमा भेटिएका तामाबाट विभिन्न सामग्री बनाउने गरेको बताए । अहिले पनि धेरै ठाउँमा तामाजस्तै देखिने धातुहरू भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्नुपर्ने उनको भनाइ छ । “गाउँमा पहिरो जाँदा, बारी खनजोत गर्दा पनि तामा भेटिन्छ, कतिले त भेट्टाएको तामाबाट गाग्री, ताउलोलगायतका भाँडाकुडा पनि बनाए, अहिले पहिलेको भन्दा फरक खालको धातु भेटिएको पाइन्छ”, उनले भने ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नर्जाखानीसँगै अन्य गाउँमा पनि धेरै खानी रहेको भन्दै यसको परीक्षणका लागि योजना बनाएको बताए । तमानखोलामा तामाखानी, फलामखानी र झल्कने ढुङ्खाखानी रहको र यी सबै खानीका बारेमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी खानी सञ्चालन गर्ने उनको भनाइ छ । ।

“तमानखोलाका धेरै ठाउँमा खानी छन्, यहाँ धेरै वर्ष पहिले उत्खनन भएका खानीको अवशेष अहिले पनि भेटिन्छन्, ती खानीको अध्ययनका लागि विज्ञ टोली ल्याउनुपर्छ, गाउँपालिकाको बजेटले मात्रै भ्याउँदैन केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्छौँ”, अध्यक्ष बुढामगरले भने, “विज्ञ टोलीको अध्ययन अवलोकनपछि नजिता कस्तो हुन्छ त्यहीअनुसार काम गर्ने योजना छ, परीक्षणका लागि यहाँ भेटिएका केही नमूना सङ्कलन गरेका छौँ ।”पालिकाभित्र कति तामाखानी छन् भन्ने यकिन नभएको र यसको तथ्याङ्क सङ्कलनका लागि आफूहरु लागिरहेको उनले जानकारी दिए ।

उनले भने,“तमानखोलामा कति तामाखानी छ भन्ने हामीलाई यकिन छैन, यसको तथ्याङ्क सङ्कलनको तयारीमा छौँ, तामाखानीमात्रै होइन यहाँ झल्किने ढुङ्गा र फलामखानी पनि छ, यी सबैको अध्ययन, अनुसान्धान गर्न माथिल्लो निकायसँग समन्वय गर्छौँ ।” रासस