१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमविरुद्ध आर्सनलको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन घरेलु मैदानमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट जाकाले गोल गरे । टोटेनहमका लागि ह्यारी केनले एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा पार्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । बुकायो साकाले उपलब्ध गराएको पासमा पार्टेले डि-बक्स बाहिरबाट वान टचमा उत्कृष्ट गोल गरे ।

यता ३१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४९ औं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई २-१ को स्थितीमा लगे । बुकायो साकाले प्रहार गरेको रिबाउन्ड बलमा जेससले गोल गरेका हुन् ।

यस्तै ६७ औं मिनेटमा जाकाले उत्कृष्ट गोल गर्दै आर्सनलको जित पक्का गरे । ६२ औं मिनेटमा एमर्सन रोयलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियने ।

उनले मार्टिनेलीमाथि फउल गरेपछि रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए । जितसँगै आर्सनलले ८ खेलबाट २१ अंकसहित लिगको शीर्षस्थानमा कायम छ । पराजित टोटेनहम समान खेलबाट १७ अंकसहित तेस्रो स्थानमा छ ।