२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने



file
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।

विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ ।