९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ज्येष्ठ नागरिकको संरक्षणका लागि सबै सक्रिय र सहयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा

ज्येष्ठ नागरिकको संरक्षणका लागि सबै सक्रिय र सहयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा
file
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गर्नुभएको छ ।

३२औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

“यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु । परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तरराष्ट्रिय नारा र “ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ । यो दिवस ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने, उनीहरूले देश, समाजको परिवर्तन, विकासका लागि गर्नुभएको योगदानको स्मरण गर्ने, समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबैले प्रतिबद्धता जाहेर गर्ने दिन भएको उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ । तदनुसार नेपाल सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाको लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको प्रधानमन्त्री देउवाले बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई प्रदान गरिएको सेवा र सहुलियतपूर्ण व्यवस्थालाई आगामी दिनमा राज्यको क्षमतामा वृद्धि भएसँगै थप फराकिलो बनाउँदै लगिने उल्लेख गर्नुभएको छ ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हालका वर्षमा हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दैछ । हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या करिब ३० लाखको हाराहारीमा रहेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभएको छ । “सरकारले हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु गरिसकेको छ भने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा बृद्धि गरी हाल मासिक चार हजार रूपैयाँ पु¥याइएको छ”, उहाँले उल्लेख गर्नुभएको छ ।

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका विशाल भण्डार हुन् । उनीहरूले जीवन कालमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक विकासमा बढीभन्दा बढी परिचालन गरी त्यसबाट अधिकतम् लाभ लिन हामी सदैव तत्पर रहनुपर्दछ । यसको लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सृजना गर्न तीनवटै तहका सरकारले विभिन्न रचनात्मक कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभएको छ । ज्येष्ठ नागरिकले आजको नयाँ पुस्तालाई नैतिकता, सदाचार र सत्मार्गको बाटो देखाइ सभ्य र सुसंस्कृत जीवन जीउन उत्प्रेरित गर्नुका साथै समाजमा असल संस्कृतिको प्रवद्र्धन गर्न समेत महत्वपूर्ण योगदान गर्नसक्दछन् ।

ज्येष्ठ नागरिकको अधिकारको रक्षा र प्रवद्र्धन गर्नका लागि सरकारले अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रतिबद्धता जनाएअनुसार त्यसलाई कार्यान्वयन गर्न मुलुकको आन्तरिक कानून तथा नीतिमा तदनुरूप सुधार र परिमार्जन गर्ने कार्य निरन्तर अघि बढाएको छ । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “यस सन्दर्भमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा हालसालै गरिएको संशोधनले ज्येष्ठ नागरिकको हक अधिकारलाई थप सुदृढ तुल्याउँदै उनीहरूलाई सुखी र सम्मानपूर्ण जीवनयापन गर्न दिने दिशामा थप सहयोग पु¥याउनेछ भन्ने मलाई लागेको छ ।”

ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित एवम् सम्मानित बनाइ सामाजिक न्याय कायम गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उहाँले यसै परिप्रेक्ष्यमा सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने र स्थानीय तहमा ज्येष्ठ नागरिकबीच अनुभव आदान–प्रदान गर्न ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनुभएको छ ।