४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’
अ+ अ-

काठमाडौँ । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले बताउनुभएको छ ।

कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्र्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गर्नुभयो ।

पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ । दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ ।” सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उहाँ बताउनुहुन्छ ।

उहाँले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिनुभयो । भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताउनुभयो । यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उहाँ बताउनुहुन्छ । मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उहाँलेभन्नुभयो, “सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ ।”

डा अग्रहरिले भन्नुभयो, “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ ।” धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिनुभयो । मासुले मोटोपन, तौल बढाउने बताउँदै उहाँले भन्नुभयो, “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”

उहाँले भन्नुभयो, “यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ ।” उहाँले भन्नुभयो, “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उहाँले त्यस्तो मासु खादै नखान सुझाव दिनुभयो ।