३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रण गर्न सरकार किन यति धेरै उदासीन ?, शेरबहादुर तामाङ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले दिनानुदिन फैलिरहेको डेङ्गु नियन्त्रणका लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ ।

उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै दिनदिनै गठबन्धनको सिट बाँडफाँटमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरु जनताको स्वास्थ्यप्रति विल्कुलै उदासीन हुनु दुर्भाग्य हो भन्नुभयो ।

कोभिडको समयमा केपी ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रणबारेमा केपी ओलीलाई आलोचना गर्न नथाक्नेहरु आज डेङ्गु नियन्त्रणमा किन चुक्दैछन् भनी प्रश्न गर्दै उहाँले केपी नेतृत्वको सरकारले नै कोभिडको नियन्त्रण गरेको दाबी गर्नुभयो ।

पूर्वमन्त्री तामाङले भन्नुभयो, “एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने कोभिड नियन्त्रण त हामीले गर्न सक्यौँ भने आज लामखुट्टेका कारण अप्रत्यक्षरुपमा सर्ने रोगको नियन्त्रणमा सरकार यति धेरै किन उदासीन छ ?”

उहाँले तत्काल डेङ्गु नियन्त्रणसम्बन्धी प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।