९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सडकका कारण झन बिग्रियो स्थानीयको जनजीवन

सडकका कारण झन बिग्रियो स्थानीयको जनजीवन
अ अ+ अ-

भोजपुर । यहाँका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दसैँ मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडवाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँगाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका कारण स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत समस्या छ ।

वर्षात्का कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द छ । खास गरेर दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिकामा सदरमुकामसम्मको यातायात सेवा सञ्चालनमा समस्या भएको छ ।

त्यस्तै उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकासँगको यातायात सञ्चालनमा पनि समस्या छ । सडक हिलाम्य भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिउपजसँगै खाद्यान्न ढुवानीमा समस्या छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय नागरिकको माग छ । स्थानीय तहले बिग्रिएको ठाउँमा मात्र मर्मत गरिदिए मात्रै पनि यातायात सञ्चालनमा सहजता हुने स्थानीय बताउँछन् ।

सडक हिलाम्य भएर यातायात सञ्चालनमा समस्या भएपछि दसैँ मान्न देशविदेशबाट आएकालाई गन्तव्यसम्म पुग्न नै समस्या छ । सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयको भनाइ छ ।

कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । गाउँपालिकामा विभिन्न कामका लागि मानिसको आवतजावत बढे पनि सडक सञ्चालनमा भने समस्या छ ।

भोजपुर सदरमुकामबाट कोट हुँदै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायतका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । दसैँका लागि आवतजावत गर्न कठिनाइ भएको छ । स्थानीय कृषक गणेशप्रसाद राईले भन्नुभयो, “यो पटक हिले दसैँ हुने भयो, सबै सडक हिलाम्य छन्, बजारसम्म जान आउन समस्या छ, स्थानीय तहले केही सडक मर्मत गरे पनि निरन्तरको वर्षात्ले बाटो बिग्रिएको छ ।”

दैनिक उपभोग्य वस्तु ढुवानीका लागि कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका व्यापारी सन्तोष विष्टले जानकारी दिनुभयो । विभिन्न ठाउँमा पहिरो गएको छ भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा अहिले हाम्रो ठाउँमा सडकका कारण समस्या परेको छ, आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।”

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमितरुपमा यातायात सञ्चालनमा रहेको छ । यो सडक पनि करिब पाँच वर्ष अगाडि मात्र कालोपत्र सम्पन्न भएपछि स्थानीयलाई राहत मिलेको हो ।

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर र गुप्तेश्वर तथा टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भएको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेको यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्नो क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन् ।