९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन आयुष्मानले पारिश्रमिक घटाए ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन् । आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन् ।

जसका कारण उनले आफ्नो शुल्कमा १० करोड रुपैयाँ कटौती गरेका छन् ।

बलिउड हंगामाका अनुसार आयुष्मान खुरानाले फिल्मको एग्रिमेन्टमा २५ करोड रुपैयाँ लिने गरेका छन् तर अहिले उनले यसलाई घटाएर १५ करोड राखेका छन् ।

आयुष्मानको नजिकको एक स्रोतले भने, ‘अनेक’ र ‘चंडीगढ करे आशिकी’का कारण आयुष्मानको शुल्क २५ करोडबाट झरेर १५ करोडमा आएको छ । आयुष्मानको आगामी फिल्मका निर्माताहरूले उनलाई आफ्नो शुल्क घटाउन अनुरोध गरे र यो कठिन समयमा उनलाई समर्थन गर्न भने । योसँगै आयुष्मानले पनि यसमा सहमति जनाउँदै तुरुन्तै आफ्नो शुल्क १५ करोडमा घटाए ।’

आयुष्मान खुरानाको कामको कुरा गर्दा उनी चाँडै रकुल प्रीत सिंहको अपोजिट ‘डक्टर जी’ मा देखिनेछन् । फिल्म यसै वर्ष अक्टोबर १४ मा रिलिज हुँदैछ । यसबाहेक उनी अर्को वर्ष रिलिज हुने अनन्या पाण्डेसँग ‘ड्रिम गर्ल २’ मा देखिनेछन् ।