२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन आयुष्मानले पारिश्रमिक घटाए ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन् । आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन् ।

जसका कारण उनले आफ्नो शुल्कमा १० करोड रुपैयाँ कटौती गरेका छन् ।

बलिउड हंगामाका अनुसार आयुष्मान खुरानाले फिल्मको एग्रिमेन्टमा २५ करोड रुपैयाँ लिने गरेका छन् तर अहिले उनले यसलाई घटाएर १५ करोड राखेका छन् ।

आयुष्मानको नजिकको एक स्रोतले भने, ‘अनेक’ र ‘चंडीगढ करे आशिकी’का कारण आयुष्मानको शुल्क २५ करोडबाट झरेर १५ करोडमा आएको छ । आयुष्मानको आगामी फिल्मका निर्माताहरूले उनलाई आफ्नो शुल्क घटाउन अनुरोध गरे र यो कठिन समयमा उनलाई समर्थन गर्न भने । योसँगै आयुष्मानले पनि यसमा सहमति जनाउँदै तुरुन्तै आफ्नो शुल्क १५ करोडमा घटाए ।’

आयुष्मान खुरानाको कामको कुरा गर्दा उनी चाँडै रकुल प्रीत सिंहको अपोजिट ‘डक्टर जी’ मा देखिनेछन् । फिल्म यसै वर्ष अक्टोबर १४ मा रिलिज हुँदैछ । यसबाहेक उनी अर्को वर्ष रिलिज हुने अनन्या पाण्डेसँग ‘ड्रिम गर्ल २’ मा देखिनेछन् ।