९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काँग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा(भिडियोसहित)

काँग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले नेपाली काँग्रेस भित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दाबी गर्नुभयो । महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको जिकिर गर्नुभयो । उहाँले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शासह थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ । पार्टीलाई ठिक ठाउँमा पु¥याउनुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो । केको लागि पार्टी भन्दा जनमत, केको लागि गठबन्धन भन्दा चुनाव जित्नको लागि यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन् । सबै सिस्टम नै के हुनलाग्यो भने चुनावमय भयो । निर्वाचनदेखि निर्वाचनको गोल चक्कर । यो मात्रै सबै कुरा भयो । हाम्रो आफ्नै पार्टी भित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ । सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन ।’

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताउनु भयो । उहाँले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनिकरणका लागि पहल हुन नसकेको बताउनु भयो । महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्युनिकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारसँग देशभरको डेंगु संक्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गर्नुभयो । महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकिर गर्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरुले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बेलामा सरकारले पनि काम गर्नुपर्नेछ, मैले प्रधानमन्त्रीज्युलाई भेटेर भनेको पनि छु, यहाँबाट पनि भन्छु, यत्रो डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ यो विषय लाग्नुपर्ने हो, काम गर्नुपर्ने हो, पटक्कै काम गरेको छैन । यसमा हाम्रो ठूलो असन्तुष्टि छ । काम गरेको तरिका चित्त बुझेको छैन । हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड भइरहेको बेलामा जसरी काम गर्नुपर्ने हो, त्यसरी काम भएन भनेर भन्यौँ । आज आफ्नै सरकारको बारेमा भन्नुपर्दा, सरकार कसैको हुँदैन, सरकार देश र जनताको हुन्छ । मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, त्यो पार्टी भित्रको कुरा हो, तर आज प्रधानमन्त्री त सिंगो देशको हो ।

आजको दिनमा मुल काम भनेको यत्रो प्रकोप फैलिसक्यो । चाडबाडको बेलामा यस्तो अस्तव्यस्त भएको छ, तत्काल प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक बोलाएर, स्थानीय सरकारको साथीहरुलाई बोलाएर एकै ठाउँमा बसेर देशभर संक्रमणलाई कसरी घटाउने, यसको रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा सरकारले छुट्टै अभियान सञ्चालन गर्नुपर्छ । सरकारको यो जिम्मेवारी हो । अरु कुरामा ध्यान दिएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । मैले स्वास्थ्य मन्त्रालयमा हुँदा बीमाको ऐन, अहिले ५ वर्षमा कार्यान्वयन भएको भए र त्यो अनुसारको संरचना बनेको भए आज डेंगुको संक्रमणको बेलामा यो र त्यो गर्नुपर्छ भनिरहनु पर्दैन थियो । मैले बनाएको कानून मात्रै लागू गरेको भए विनाद चौधरीले पनि वर्षको केही पैसा तिर्नुपर्दथ्यो, सडकमा मकै बेच्नेले पैसा तिर्न नसक्दा सरकारले तिर्नुपर्दथ्यो । अस्पतालको बेडमा गएर बीमा गरेका व्यक्तिहरु सुतिसकेपछि एक रुपैयाँ पैसा पनि खल्तीबाट तिर्नुपर्दैन थियो ।’

महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरुले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सिमित भएको बताउनु भयो ।